बाजुराका व्यापारीहरु दोहोरो करको मारमा | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

बाजुराका व्यापारीहरु दोहोरो करको मारमा

बाजुरा, १९ पुष । बाजुराका व्यापारीले दोहोरो कर तिर्नुपरेको बताएका छन् ।अन्तःशुल्क लाग्ने सामानमा बीच बाटोमा पर्ने अछाम जिल्लाले मदिरा, चुरोटलगायत शीर्षकमा शुल्क लिने गरेको व्यापारीहरू बताउँछन् ।

धनगढीबाट डडेल्धुरा, डोटी, अछाम हुँदै बाजुरा आउने सामान बोकेका ट्रकबाट अतिरिक्त शुल्क लिने गरिएको हो । व्यापारीका अनुसार धनगढीबाट सामान बोकेर दैनिक १० भन्दा बढी ट्रक बाजुरा भित्रिन्छन् । एउटा ट्रकबाट ७ सयसम्म शुल्क लिने गरेको व्यापारीको भनाइ छ । दोहोरो कर लिइएको विषयमा बाजुरा प्रशासनलाई पटक–पटक जानकारी गराए पनि सुनुवाइ नभएको बाजुरा उद्योग वाणिज्य संघले जनाएको छ ।

अछाम जिल्ला समन्वय समितिका सभापति नरबहादुर कुँवरले भने बाजुरा जाने सामानमा अतिरिक्त शुल्क लिन नमिल्ने बताए । आन्तरिक राजस्व कार्यालय धनगढीका कर अधिकृत पुरुषोत्तम लामिछानेले पनि अन्तःशुल्क लाग्ने सामानमा अतिरिक्त कर उठाउनु गैरकानुनी हुने बताए । अन्तःशुल्क लाग्ने सामानमा आन्तरिक राजस्व कार्यालय र जिल्ला कोष लेखा नियन्त्रण कार्यालयभन्दा अरू कसैले अतिरिक्त शुल्न लिन नपाउने उनँले प्रस्ट पारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);