महालक्ष्मी बिकास बैंक डडेलधुरा शाखाद्वारा खाद्यान्य सामाग्री हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

महालक्ष्मी बिकास बैंक डडेलधुरा शाखाद्वारा खाद्यान्य सामाग्री हस्तान्तरण

डडेल्धुरा । सामाजिम उत्तरदायित्व कायक्रम अन्तर्गत अमरगढी नगरपालीका वडा नम्मर ८ मा अवस्थित श्री उग्रतारा वेद विद्याश्रमलाई महालक्ष्मी बिकास बैंक लि. डडेल्धुरा शाखाले खाद्यान्य सामाग्री हस्तान्तरण गरेको छ ।

सबल बैंक, सफल सहकार्य” को मूल नारालाई आत्मसाथ गर्दै महालक्ष्मी बिकास बैंक लि. डडेल्धुरा शाखाल एक कार्यक्रमका बीच वेद विद्याश्रमका बटुकहरुलाई खानपानमा सहज होस भन्ने हेतुले, १० बोरा चामल, २ कार्टुन खाने तेल, २० केजी आयोनुन, २० केजी दाल सहीत विविध खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ ।

उक्त हस्तान्तरण कार्यक्रममा विद्यालयका प्राचार्य श्री प्रेमराज भट्ट , शिक्षकहरु, विद्यार्थीहरु, अन्य विभिन्न संघ सस्थाका प्रतिनिधिहरु, पत्रकारहरु तथा बैकका कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा वेद विद्याश्रमका बटुकहरुले स्वस्तिवाचन गर्नुका साथै वेद विद्याश्रमका प्राचार्य श्री भट्टले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

यसै गरी बैकको तर्फबाट शाखाका शाखा प्रबन्धक श्री चेत राज पाण्डेयले बैंकको विभिन्न क्रियाकलापका बारेमा उक्त कार्यक्रममा प्रकाश पार्नुका साथै आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्दै जाने कुरा जानकारी गराउनु भएको थियो ।

महालक्ष्मी बिकास बैंक लि. ले नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखी नेपाल अधिराज्य भरी १०३ शाखा तथा ४६ वटा ए.टी.एम मार्फत लगभग ६ लाख भन्दा बढी ग्राहकहरुमा अनवरत रुपले गुणस्तरीय बैकिंँङ सेवा प्रदान गर्दै आईरहेको छ ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);