काठमाडौं । नेपाली नागरिकता लिएकी एक तिब्बेतियन शरणार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले नेपाली नागरिकतासहित काठमाडौंको बौद्धबाट तिब्बेतियन शरणार्थी निमा ल्हामो गुरुङलाई पक्राउ गरेको हो । तिब्बतबाट भारत बिहार दिल्ली हुदै बिगत २ बर्ष देखिबौद्धको बुद्ध तुशाल क्याम्पमा बसोबास गर्ने गरेको खुलेको छ ।
निजले क्याम्पमा बसोबास गर्ने ब्यक्ति मार्फतबाट नेपाली नागरिकता कृष्ण बहादुर कटुवाललाई नागरिकता बनाउनकोलागि सम्पर्क गरेको त्यसवापत कृष्ण बहादुर कटुवाललाई ५ लाख दिएको अनुसन्धानबाट खुलेको छ ।
झुटा विवरणको आधारमा उनलाई काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको नागरिकताको प्रमाणपत्र फेला परेको छ । थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको जनाइको छ। प्रहरीले नेपाली नागरिकता सहित तिब्बेतियनलाई यसअघि पनि पक्राउ गरेको थियो । साथै, सेटिङमार्फत उनीहरुलाई नागरिकता दिलाउने गोरोहलाई समेत पक्राउ गर्दै आएको छ । यो मुद्दामा सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।