संघीयता कार्यकर्ता भर्ति गर्ने ठाउँ भयोः सांसद शाही | ईमाउण्टेन समाचार

Our Network

जेठ २८ २०८१, सोमबार

संघीयता कार्यकर्ता भर्ति गर्ने ठाउँ भयोः सांसद शाही

काठमाडौं । प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर शाहीले संघीयता कार्यकर्ता भर्ति गर्ने ठाउँ भएको बताउनु भएको छ ।

प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले कहीँपनि नअटेका कार्यकर्तालाई सांसद बनाउने प्रवृत्ति भएको दाबी गर्नुभयो ।

शाहीले वैदेशिक ऋण लिएर प्रदेशलाई पाल्नुपर्ने अवस्था आएको भन्दै संघीयताको बिरोध गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘विदेशबाट ऋण ल्याएको ल्याएकै गर्ने । यहाँ युवाहरु हरेक दिन बेरोजगारी बढेको बढेकै छ । त्यो पैसा कहाँ गयो ? यो पैसाको एक एक हिसाव किताव अहिलेका प्रधानमन्त्रीहरुले र आजसम्म भएका प्रधानमन्त्रीहरुले जवाफ दिनुपर्छ । विदेशीसँग ऋण मागेर यो देशमा त्यो पैसा कहाँ गयो ? पाँच वर्षमा प्रदेशका नाममा १५ खर्ब ९९ अर्ब ४६ करोड ५८ लाख रुपैयाँ गयो । यदी एक अर्ब बराबर ३०० जना कर्मचारी राख्न सकिन्छ भने जम्मा ४ लाख ८९ हजार ६०० जनाले रोजगारी सिर्जना गर्न सकिन्छ । म आग्रह गर्न चाहन्छु प्रदेश एउटा पहिचानका लागि चाहिन्छ । एउटा देश ठूलो भयो भने देशलाई केन्द्रिकरण गर्न चाहिन्छ । तर आज देशमा संघीयता कार्यकर्ता भर्ति गर्ने । कहीँ नअटेका कार्यकर्तालाई सांसद बनाउने प्रवृति भयो । यसरी देश विदेशको ऋण ल्याएर प्रदेश पाल्न सकिँदैन ।’

शाहीले विदेशबाट ऋण ल्याएको ल्याएकै गरेपनि हरेकदिन बेरोजगारी समस्या बढेको भन्दै यसको जवाफ हालसम्मका प्रधानमन्त्रीहरुले दिनुपर्ने बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);