बाइडेन प्रशासनले आणविक विश्व युद्धको सामना गर्न सक्छः डोनाल्ड ट्रम्प | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

बाइडेन प्रशासनले आणविक विश्व युद्धको सामना गर्न सक्छः डोनाल्ड ट्रम्प

वासिङ्टन, २३ चैत्र । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सरकारले देशलाई विनाशतर्फ लैजान लागेको आरोप लगाएका छन् । उनले जो बाइडेनको शासनकालमा विश्वले तेस्रो आणविक विश्व युद्धको सामना गर्न सक्ने बताए ।

मङ्गलबार अदालतमा उपस्थित भई फ्लोरिडा फर्किएपछि ७६ वर्षीय ट्रम्पले उक्त टिप्पणी गरेका थिए । उहाँले धेरै देशबाट आणविक प्रयोगको खुला खतरा रहेको बताए ।

‘यो न त कुनै देशको तर्फबाट उल्लेख गरिएको छ न त छलफल नै भएको छ । विश्वास गर्नुहोस् वा नगर्नुहोस्, तर त्यो समय धेरै टाढा छैन ।’-उनले भने । न्यूयोर्कबाट फ्लोरिडा फर्किएपछि मार–ए–लागो रिसोर्टमा उनले जो बाइडेनको नेतृत्वमा अमेरिका खतरामा रहेको बताए । हाम्रो अर्थतन्त्र ध्वस्त हुँदैछ । मुद्रास्फीति पनि बढिरहेको छ । रुसले चीनसँग सेना जोडेको छ । के तपाई विश्वास गर्नुहुन्छ, साउदी अरेबियाले इरानसँग सेनामा सामेल भएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);