काठमाडौं । एकदिवसीय अन्तराष्ट्रिय वरीयतामा नेपालको स्थान सुधार भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो ।
नयाँ वरीयतामा नेपाल नेदरल्यान्ड्सलाई पछि पार्दै १४औं स्थानमा उक्लिन सफल भएको हो ।
नेपाल भन्दा पछाडी नेदरल्यान्ड्स,ओमान,नामिबिया,अमेरिका,युएई र पपुवा न्युगिनी रहेका छन् ।
वरीयताको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ । साथै, न्युजिल्यान्ड दोस्रो, भारत तेस्रो र इंग्ल्यान्ड चौथो स्थानमा रहेका छन् ।




