काठमाडौं, २२ चैत्र । पेरिस ओलम्पिक महिला फुटबल एशिया छनोटको पहिलो चरणको पहिलो खेलमा नेपालले आज भियतनामसँग प्रतिष्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले बलियो प्रतिद्वन्दी भियतनामसँग प्रतिष्पर्धा गर्नेछ ।
नेपाल र भियतनामबीचको खेल साँझ ६ बजे शुरु हुनेछ । फिफा वरीयतामा आफूभन्दा माथि रहेको भियतनामबिरुद्ध नेपाल सुखद् नतिजाको अपेक्षासहित मैदान उत्रनेछ । जसका लागि नेपाल पहिलो खेलमै जित निकाल्न चाहन्छ ।
भियतनामले अस्ट्रेलिया र न्युजिल्याण्डमा आयोजना हुने २०२३ को महिला विश्वकप खेल्दैछ । फिफा वरीयतामा भियतनाम ३३ औं स्थानमा रहेको छ । नेपाल १०० औं स्थानमा छ ।




