इरानबारे आपत्‌कालीन बैठक डाक्न माग | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

इरानबारे आपत्‌कालीन बैठक डाक्न माग

एजेन्सी, १९ पुष। इरानमा भइरहेको विरोध प्रदर्शन सम्बन्धमा आपत्‌कालीन बैठक डाक्न संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्र संघलाई आग्रह गर्ने राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले बताएकी छन्।

इरानका विरोध प्रर्दशनकारीको प्रशंसा गर्दै राजदूत हेलीले उनीहरुमाथि तेहरानको व्यवहारको भर्त्सना गरिन्। राजदूत हेलीले इरानमा शान्ति सुरक्षा र स्वतन्त्रताको परिक्षण भइरहेको बताइन्।

त्यहाँ लामो समयदेखि दबाइएका मानिसहरु उनीहरुका तानाशाह विरुद्ध उठेको वास्तविक दृष्य भन्दै राजदूत हेलीले राष्ट्र संघीय बडापत्रमा स्थापित स्वतन्त्रतामाथि इरानमा आक्रमण भइरहेको बताइन्।

उनले इरानको परिस्थितिबारे राष्ट्र संघीय मानव अधिकार परिषद जेनेभामा पनि कुरा उठाइने बताइन्। उनले भनिन्, “सरकार विरुद्ध आवाज उठाउन ठूलो बहादुरी चाहिन्छ खासगरी विरोध गर्ने आफ्ना नागरिकको हत्या गर्ने लामो इतिहास बोकेको सरकार विरुद्ध त झन् चाहिन्छ। हामी इरानी जनताको साहसको प्रशंसा गर्छौं।”

इरानमा सरकार विरोधी प्रदर्शन छैठौं दिन पुगेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);