त्रिवि विमानस्थलमा ट्याक्सी चालकले किन गरे हड्ताल | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८१, बुधवार

त्रिवि विमानस्थलमा ट्याक्सी चालकले किन गरे हड्ताल

काठमाडौं, २१ चैत्र । त्रिभुवन विमानस्थल भित्र सेवा दिँदै आएका ट्याक्सी चालकहरु हड्तालमा उत्रिएका छन् । विमानस्थल भित्र पार्किङ क्षेत्रमा भाँडा महँगो भएको भन्दै उनीहरु विरोधमा उत्रिएका हुन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको नेतृत्वमा चालकहरुले विमानस्थल भित्र दिने ट्याक्सी सेवा बन्द गराएका हुन् । विमानस्थलभित्र प्रतिघण्टा २० बाट बढाएर ८० रुपैयाँ पुर्याइएको छ ।

अझै १०० रुपैयाँ पुर्याउने धम्की आइरहेको चालकहरुको गुनासो छ । विमानस्थल बाहिरको गेट अगाडी चालकहरुले विरोध प्रदर्शनमा उत्रिएका छन् ।

विमानस्थलको जग्गा आईएमएम एयरपोर्ट सर्भिस नामको कम्पनीले भाडामा लिएको छ । पार्किङ गर्ने सवारी साधनहरुले भाँडा धेरै लिएको भन्दै गुनासो गरेका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);