मधेशी आयोगद्धारा “स्वतन्त्र न्यायिक आयोग“ गठन गर्न सिफारिस | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

मधेशी आयोगद्धारा “स्वतन्त्र न्यायिक आयोग“ गठन गर्न सिफारिस

काठमाडौं, २० चैत्र । मधेशी आयोगले धार्मिक हिँसा सम्बन्धी मुद्दा सम्बोधनको लागि “स्वतन्त्र न्यायिक आयोग“ गठन गर्न सरकालाई सिफारिस गरेको छ । आयोगले विगत एक दशक देखी देखि हाल सम्म विभिन्न धर्मसंग सम्बन्धित मुद्दाहरुलाई सम्बोधन तथा अनुसन्धान गर्नको लागि एक स्वतन्त्र न्यायिक आयोग गठन गर्न सरकारलाई सिफारिस गरेको जनाएको छ ।

आयोगका सचिव रुद्र लामिछानेद्धारा विज्ञप्तिमा विगत एक दशक देखी नेपालको रौतहट, सुनसरी, धनुषा, महोत्तरी, कपिलवस्तु लगायत विभिन्न क्षेत्रहरुमा कलश यात्रा, मुर्ति सेलाउने, सरस्वती पुजा, रामनवमीको अवसरमा हुने गरेको धार्मिक यात्रा कुनै अर्को धर्मावलम्बीको क्षेत्रमा जान वित्तिकै विभिन्न किसिमले आक्रमण हुने गरेको र कपिलवस्तुमा सो क्रममा हत्या समेत भएको बताउदै त्यस्ता संवेदनशील घटनाहरुले धार्मिक भावना माथि ठेस पुर्याएको उल्लेख गरेको छ ।

आयोगले सामाजिक सदभावमा खलल आउने तथा मुलुककै शान्ति सुरक्षा माथि प्रश्न खडा गर्ने भएकोले गर्दा त्यस्ता घटनाहरुको सुक्ष्म छानविन गरी दोषीलाई कानुनी दायरामा ल्याउन संघीय सरकारसंग यथाशिघ्र एक स्वतन्त्र न्यायिक आयोग गठन गर्न माग गरेको छ ।

पदीय दायित्व वहन गर्ने पदाधिकारीहरुबाट धार्मिक हिँसा भड्काउने खाले भाषण सम्बन्धी आयोगमा विभिन्न उजुरी दर्ता भएकोले सो पदाधिकारीहरु माथि पनि आवश्यक कारवाहीको लागि तिनै तहका सरकारले जागरुकता देखाउन आवश्यक रहेको जनाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);