काठमाडौं, १९ चैत्र । राष्ट्रपति रामचन्द्र पौडेलको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । ग्यास्टिकको कारण पेट दुखेपछि पौडेललाई शनिबार राति अस्पतालमा भर्ना गरिएको हो ।
राष्ट्रपति पौडेल शिक्षण अस्पतालका डा.निरज बमको निगरानीमा छन् । उनलाई भीआईपी क्याबिनमा राखेर उपचार गराइरहेको अस्पतालले जनाएको छ ।
राष्ट्रपतिमा निर्वाचित भएपछि फागुन २९ शितलनिवास सरेका पौडेल लामो समय नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए ।
राष्ट्रपति निर्वाचित भएपछि पौडेलले सांसद पद र पार्टी दुबैबाट राजीनामा दिइसकेका छन् ।