राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लैजाने तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लैजाने तयारी

ramchandra paudel

काठमाडौं, ६ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारको लागि भारत लैजाने तयारी भइरहेको छ । पौडेलको छातीमा समस्या कम नभएपछि चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि भारत लैजान लागिएको हो ।

सोमबार त्रिवि शिक्षण अस्पताल पुगेका राष्ट्रपति पौडेलको छातीको तल्लो भागमा संक्रमण देखिएको अस्पताल जनाएको थियो । राष्ट्रपति पौडेलले लामो समयदेखि औषधी सेवन गर्दा पनि छातीको संक्रमण नभएको उपचारमा सम्लग्न चिकित्सकहरुको भनाइ छ । पौडेललाई एयर एम्बुलेन्समार्फत भारत लैजाने तयारी भइरहेको छ । गत चैत्र १८ गते पेटमा समस्या आएपछि उनलाई शिक्षण अस्पतालमा लगिएको थियो ।

अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । परीक्षणपछि पौडेल शीतल निवास फर्किसकेको अस्पतालले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);