काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा समस्या देखिएको छ।
सोमबार त्रिवि शिक्षण अस्पताल पुगेका राष्ट्रपति पौडेलको छातीको तल्लो भागमा संक्रमण देखिएको अस्पताल स्रोतले जनाएको छ ।
अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । परीक्षणपछि पौडेल शीतल निवास फर्किसकेको अस्पतालले जनाएको छ ।




