काठमाडौं, १४ चैत्र । तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरस्थित खानेपानीको ट्याङ्कीमा मृत भेटिएको शवको पहिचान खुलेको छ । आइतबार मृत भेटिएकी शव पोखरा महानगरपालिका–३३ बाग्माराकी ४२ वर्षीया शान्ति श्रेष्ठको रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माका अनुसार मृतक शान्तिको छोरा गणेश श्रेष्ठले शव बुझेका हुन् । शान्ति गत फागुन २३ गतेदेखि हराएकी थिइन् ।
परिवारले श्रेष्ठ फेला नपरेपछि जिल्ला प्रहरी कार्यालय कास्कीमा खोजी गर्नको लागि चैत ६ गते निवेदन दिएका थिए । शव फेला परेपछि हराएको सूचना अनुसार प्रहरीले परिवारलाई बोलाएर बुझाएको हो ।