मुख थुनेर नियन्त्रणमा लिएका युवकहरु कारागार चलान, संवैधानिक अधिकार हनन | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८१, बिहीबार

मुख थुनेर नियन्त्रणमा लिएका युवकहरु कारागार चलान, संवैधानिक अधिकार हनन

काठमाडौं, १४ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विरोध गर्ने ३ युवक कारागार चलान भएका छन् । प्रधानमन्त्रीको सवारीको क्रममा विरोध गर्दा पक्राउ परेका तीनजनाले काठमाडौं जिल्ला प्रशासनले तोकेको ५ हजार रुपैयाँ धरौटी नबुझाएपछि डिल्लीबजार कारागार जेल चलान भएका हुन् ।

प्रशासनले तोकेको उक्त धरौटी रकम नतिर्ने भन्दै उनीहरु सर्वोच्च अदालत पनि गए, तर अदालतले उनीहरुको कुरा सुनेन । ६ दिन अघि उनीहरुलाई प्रहरीले काठमाडौंको थापागाउँबाट मुख थुनेर नियन्त्रणमा लिएको थियो । मुख थुनेर गिरफ्तार गर्ने प्रहरीको शैलीको भने चौतर्फी विरोध भइरहेको छ ।

सरकारको विरोध गर्न पाउनु प्रत्येक नागरिकको संवैधानिक अधिकार हो । सरकारसँग चित्त नबुझेको विषयमा बोल्न र विरोध गर्न पाइन्छ, युवकहरुले पनि केही माग राखेर विरोध जनाएका थिए । सोलुुखुम्बुका उद्धब बस्नेत, सोम शर्मा र विप्लव खड्काले धरौटी बुझाएर रिहाइ नहुने स्पष्ट अडान लिएका छन् । युवकहरुले शान्तिपुर्ण तरिकाले विरोध गर्दा उनीहरुमाथि फौजदारी संहिता बमोजिम कारबाही प्रक्रिया चलाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);