प्यूठान । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ प्यूठानको अध्यक्षमा विशेक थापा निर्वाचित भएका छन् ।
१०औं जिल्ला अधिवेशनले थापाको नेतृत्वमा ६३ सदस्यीय जिल्ला कार्य समिति निर्विरोध गठन गरेको हो । अध्यक्षमा विशेक थापाको यो दोस्रो कार्यकाल हो ।
संघको उपाध्यक्षमा महेश पाण्डे, सचिवमा किरण पन्थी, उप–सचिवमा तिलक खड्का र भेषमान थापा र कोषाध्यक्षमा कमल जिसी चयन भएका छन् ।
अधिवेशनमा जिल्लाका ६४ वटै वडाबाट प्रतिनिधिहरू सहभागी भएका थिए ।
अधिवेशनमा लुम्बिनी प्रदेशका मन्त्री तुल्सीराम शर्मा, एमाले प्यूठानका अध्यक्ष विजय विराज विष्ट लगायतले शुभकामना मन्तव्य राखेका थिए । युवा संघका केन्द्रिय अध्यक्ष किरण पौडेलले अधिबेशनको उद्दघाटन गरेका थिए ।