काठमाडौं, १३ चैत्र । मन्त्रिपरिषदलाई पुर्णता दिनेबारे सत्तागठबन्धनका शीर्ष नेताहरुबिच छलफल भइरहेको छ । मन्त्रिपरिषद विस्तारको अन्तिम तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति र एकीकृत समाजवादी नेपालका अध्यक्षसँग छलफल गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले आज बिहान शेरबहादुर देउवा र माधव नेपालसँग परामर्श गरेका हुन् । आज साझ ४ बजे १० दलको बैठक पछि मन्त्रिपरिषदलाई पुर्णता दिने सहमति भएको बुझिएको छ ।