काठमाडौं, १३ चैत्र । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । सरकारमा सहभागी हुन लागेको कांग्रेसले भोलि बिहान ९ बजे बैठक बोलाएको हो ।
पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा सरकारमा सहभागिताका विषयमा छलफल हुने जनाइएको छ ।
कांग्रेसले पाँच मन्त्रीहरुको नाम करिब टुंगो लगाएको छ । अब २ मन्त्री र एक राज्यमन्त्रीको टुंगो लगाउन बाँकी छ ।
मंगलबार बस्ने बैठकले सो निर्णयलाई पुर्णता दिने बुझिएको छ ।