ग्याँस पाइपलाइन तोडफोडमा अमेरिकी संलग्नता रहेको पुटिनको आरोप | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

ग्याँस पाइपलाइन तोडफोडमा अमेरिकी संलग्नता रहेको पुटिनको आरोप

valadimin putin

एजेन्सी, १३ चैत्र । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नोर्ड स्ट्रिम भनिने समुन्द्रको पींधमा निर्माण गरिएको ग्याँस पाइपलाइन तोडफोडमा अमेरिकी संलग्नताको आरोप लगाएका छन् । उनले यसबारे थप तथ्यहरु समयले बाहिर ल्याउने समेत बताए ।

रसिया टेवेन्टी फो टीभीसँगको कुराकानीमा पुटिनले अमेरिकी गुप्तचर एजेन्सीहरुको भूमिका रहेको विषय भेट्रान अमेरिकी पत्रकार सिमोर हर्षले खुलाइसकेको समेत बताए । यसबारे सबै तथ्य बाहिर ल्याउन कठिन पर्ने समेत बताए ।

सेप्टेम्बरमा ग्याँस पाइपलाइनमाथि आक्रमण भएको थियो । समुन्द्रको पींधमा निर्माण गरिएको ग्याँस पाइपलाइन रुसबाट जर्मनी ग्याँस आपूर्तिका लागि निर्माण गरिएको हो । जसमा रुस र जर्मनीका कम्पनीहरुको लगानी छ । तर, रुसले युक्रेनमाथि हमला गरेपछि जर्मनीले तयारी अवस्थामा रहेको उक्त ग्याँस पाइपलाइनबाट आपूर्ति गरेको छैन ।

रुसले आफ्नो पाइपलाइनमा पु¥याइएको क्षतिबारे गम्भीरता देखाइरहेको छ । उसले अमेरिका र उसका केही मित्रशक्तिमाथि आरोप लगाउँदै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);