काठमाडौं, १२ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुन पुरानै हैसियत दिनुपर्ने अडान लिएको छ । रास्वपाले यसअघि प्रचण्ड सरकारमा जाँदा पाएका मन्त्रायलहरुमा दाबी गरेको हो ।
यसअघि पार्टीले गृहसहित शिक्षा, स्वास्थ्य र श्रम मन्त्रालयल पाएको थियो । स्वास्थ्य राज्यमन्त्री पनि पार्टीले पाएको थियो । पुरानै हैसियतमा मात्रै सरकारमा जाने पार्टीका नेताहरु बताउँछन् । यदि पुरानै मन्त्रालय नपाए सरकारमा सहभागी नहुने पार्टीको स्पष्ट धारणा छ । तर प्रधानमन्त्री प्रचण्डले गृह आफैले राख्ने तयारी गरेका छन् । पार्टीभित्रै बाट गृह आफैले राख्नुपर्ने प्रचण्डलाई दबाब बढेको छ ।
आज साझ मन्त्रालयको बाँडफाँट गर्न गठबन्धनको बैठक बस्दैछ ।