भैतिक पूर्वाधार छाडेर गृहमन्त्री बन्दै नारायणकाजी श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

भैतिक पूर्वाधार छाडेर गृहमन्त्री बन्दै नारायणकाजी श्रेष्ठ

काठमाडौं, १२ चैत्र । नेकपा माओवादीको तर्फबाट भएका मन्त्रीहरुको जिम्मेवारी हेरफेर हुने भएको छ । उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ अब उपप्रधानसहित गृहमन्त्री बन्ने भएका छन् ।

नेपाली कांग्रेसले अर्थमन्त्रालय लिने भएपछि गृह मन्त्रालयले माओवादी आफैले लिने सहमति जुटेको एक नेताले बताए । भौतिक पूर्वाधार मन्त्रालयबाट बिदा हुने भएपछि मन्त्री श्रेष्ठले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । मन्त्रालयले भने १०० दिनमा गरेको काम र सुरुवात भएको कामका बारेमा जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरेको जनाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी पाएका अमनलाल मोदीलाई सहरी विकास वा उर्जा मध्ये एक मन्त्रालयमा पठाउने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । तर, सञ्चारमन्त्री रेखा शर्माको भने जिम्मेवारी यथावत रहने जनाइएको छ ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);