रानीपोखरीमा अब बिना टिकट अवलोकन गर्न पाइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

रानीपोखरीमा अब बिना टिकट अवलोकन गर्न पाइने

ranipokhari

काठमाडौं, १० चैत्र । उपत्यकाको पुरातात्विक धरोहर रानीपोखरी पुननिर्माणपछि सर्वसाधारणको लागि खुल्ला भएको छ । आवश्यक सरसफाइ गरेर काठमाडौं महानगरपालिकाले सर्वसाधारणको लागि पहिलो पटक खुल्ला गरेको हो ।

अब बिना टिकट जो कसैले पनि रानीपोखरीको अवलोकन गर्न पाउने भएका छन् । २०७२ सालको भुकम्पपछि क्षति पुगेको रानीपोखरीलाई पुरानै स्वरुप दिइएको महानगरको दाबी छ ।

०७८ सालमा राष्ट्रिय पुननिर्माण प्राधिकरणले महानगरलाई रानीपोखरी हस्तान्तरण गरेको भएपनि सर्वसाधारणको लागि खुल्ला गरिएको थिएन । झारपात बढेर कुरुप बनेको रानीपोखरीलाई सरसफाइ गरेर सञ्चालनमा ल्याइएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);