सुजलद्वारा अन्तर्राष्ट्रय फुटबलबाट सन्यासको घोषणा | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

सुजलद्वारा अन्तर्राष्ट्रय फुटबलबाट सन्यासको घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर सुजल श्रेष्ठले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले सन्यासको घोषणा गरेका हुन् । उनले ताली र जयजयकारले साथ तथा हौसला दिने प्रशंसक र समर्थकहरूलाई धन्यवाद दिएका छन् । साथै, नियमित राष्ट्रीय टोलीमा स्थान दिएर मद्दत गर्ने सम्पूर्ण प्रसिक्षकहरुलाई पनि धन्यवाद व्यक्त गरेका छन् ।

११ वर्षको फुटबल करियरमा राष्ट्रको तर्फबाट ५१ खेलेका सुजल नेपाली टोलीको लागि महत्वपूर्ण भुमिकामा रहेका थिए । सुजलले राष्ट्रिय टोलिमा क्षमतावान युवा पुस्ता रहेको भन्दै देशको झन्डा झुक्न नदिनेमा आफु विश्वस्त रहेको बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);