आज सहकारी दिवस, नयाँ ऐनको अभावमा सहकारीले सार्थकता पाएन | ईमाउण्टेन समाचार

Our Network

फागुन ८ २०८२, शनिबार

आज सहकारी दिवस, नयाँ ऐनको अभावमा सहकारीले सार्थकता पाएन

दिगो विकासका लक्ष्य प्राप्तिको लागि सहकारी भन्ने नाराकार साथ आज ६० औं सहकारी दिवस मनाईंदै, देशभर ३७ हजार सहकारी सञ्चालनमा

आज सहकारी दिवस

काठमाडौं । आज ६० औं राष्ट्रिय सहकारी दिवस ‘दिगो विकासका लक्ष्य प्राप्तिको लागि सहकारी’ भन्ने नाराका साथ मनाईंदैछ ।

विसं २०१३ साल चैत २० गते चितवनको बखानपुर ऋण सहकारी संस्था स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ ।

अहिले नेपालमा विभिन्न विषयगत तथा बहुउद्देश्यीय गरी झण्डै ३७ हजार सहकारी संस्था दर्ता छन् । रोजगारी सिर्जना, गरिबी न्युनिकरण र देशको ग्राहस्थ उत्पादन तथा राजस्व संकलनमा सहकारी क्षेत्रको योगदान उल्लेखनीय मानिन्छ ।

तर यस क्षेत्रलाई थप व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन नसक्दा दर्ता भएकामध्ये झण्डै २० प्रतिशत सहकारी संस्था निष्क्रिय छन् ।

सहकारीको सिद्धान्त अनुसार चल्न नसक्दा दर्ता भएका सबै संस्था सञ्चालन नभएका हुन् । यस्तै सहकारी क्षेत्रमा समस्या दिगो रुपमा समाधान गर्न भन्दै सरकारले सहकारी ऐन ल्याउन लागेको छ । ऐन अन्तिम चरणमा पुगेको सरकारले जनाएको छ ।

Leave a Reply