निर्वाचन प्रणालीको सुधारका लागि सशक्त कानून आवश्यकः आयुक्त तुलाधर | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८०, मंगलबार

निर्वाचन प्रणालीको सुधारका लागि सशक्त कानून आवश्यकः आयुक्त तुलाधर

काठमाडौं, ७ चैत्र । निर्वाचन आयुक्त डा.जानकीकुमारी तुलाधरले निर्वाचन आयोग निर्वाचनप्रणालीको सम्पूर्ण सुधारको प्रक्रियामा रहेको बताउनुभएको छ । मंगलवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आयोग निर्वाचन प्रणालीको सम्पूर्ण सुधार गर्नका लागि काम गरिरहेको बताउनुभएको हो । उहाँले निर्वाचनका लागि अझै परिष्कृत तरिकाले अघि बढ्न आयोगले आफ्ना कामहरु गरिरहेको स्पष्ट पार्नुभयो । उहाँले निर्वाचन प्रणालीको सुधारका लागि सशक्त कानून बनाउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले साइबर अपराधको नियमन र नियन्त्रण गर्न र डिजिटल माध्यमबाट हुनसक्ने सम्भावित हस्तक्षेप रोक्न कानून र प्रविधिको अभाव रहेको बताउनु भयो । उहाँले अनुगमन संयन्त्र पर्याप्त नहुँदा पनि धेरै समस्या भोग्नुपरेको उल्लेख गर्नुभयो । उहाँले द्वेषपूर्ण अभिव्यक्ति निर्वाचनको समयमा मात्रै नभइ अन्य समयमा पनि भइरहने भएकाले त्यसको नियमन हुन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘साइबर अपराधको नियमन र नियन्त्रण गर्नको लागि डिजिटल माध्यमबाट हुनसक्ने सम्भावित हस्तक्षेप रोक्नको लागि कानून र प्रविधि पक्षको अभाव रहेको छ । अनुगमन संयन्त्र पनि पर्याप्त छैन । आयोगले नीति त बनायो तर सञ्चारको नीति अझै आउन सकेको छैन । द्वेषपूर्ण अभिव्यक्तिका कुराहरु निर्वाचनको समयमा मात्रै होइन, अघिपछिका समयमा पनि हुन्छन्, यसलाई ख्याल गर्नुपर्छ । निर्वाचनको दौरानमा अरुको बढी नराम्रा कुरा गर्ने स्वभाव रहेको छ, यसलाई कसरी नियन्त्रण गर्ने भन्नेबारेमा छलफल हुन आवश्यक छ । अब हाम्रो समय भनेको निर्वाचनको सम्पूर्ण सुधारको प्रक्रियामा हामी जाँदैछौँ । निर्वाचनको लागि यो भन्दा अझै परिष्कृत तरिकाले जानेछौँ । सशक्त कानूनको निर्माण आवश्यक्ता छ । साइबरको अपराधका लागि हामीले जिल्ला जिल्लामा विकेन्द्रिकृत गर्नुपर्छ । अहिले हामी केन्द्रिकृत छौँ ।’

निर्वाचन आयुक्त तुलाधरले सामाजिक सञ्जालको सही सदुपयोग गरी जनस्तरमा प्रचारप्रसार गर्न आवश्यक रहेको बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);