प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने एमालेको निर्णय | ईमाउण्टेन समाचार

Our Network

पुष १९ २०८१, शुक्रबार

प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने एमालेको निर्णय

काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वास मत नदिने भएको छ ।

सोमबार बसेको एमाले संसदीय दलको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको हो । वर्तमान सरकारप्रति मुलुकको स्थिरता, विकास र समृद्धिका लागि कुनै पनि विश्वास र भरोसा नभएकाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरिएको पार्टी संसदीय दलका सचेतक महेश बर्र्ताैलाले बताउनु भयो । उहाँले सरकारलाई जनता र संसदप्रति उत्तरदायी बनाउने गरी संसदमा बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय पनि बैठकले गरेको उल्लेख गर्नु भयो । सचेतक बर्ताैलाले भन्नु भयो, ‘आज संसदमा सरकारले विश्वासको मत लिने भन्ने कार्यसूचि छ । यो कार्यसूचिमा नेकपा एमालेको तर्फबाट वर्तमान सरकारप्रति हाम्रो कुनै विश्वास छैन । भरोसा छैन । त्यसकारण हाम्रो संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । किनभने यो सरकारले स्थिरताको पक्षमा, विकास र समृद्धिको पक्षमा एउटा विश्वास लाग्दो आधार निर्माण गर्ने परिस्थिति विकास गरेन ।

राजनीतिक दलहरुबीचको सत्ता स्वार्थका लागि दाउपेच गर्ने, राजनीतिक नेतृत्वको बीचमा विश्वासको खडेरी र राजनीतिक अविश्वासको एउटा परिस्थिति निर्माण गर्दै राजनीतिक द्धन्द्धमा लैजानका लागि सरकारको नेतृत्व स्वयमले यस प्रकारको भूमिका खेलेको वर्तमान परिप्रक्ष्यमा नेकपा एमालेले यो सरकारप्रति सदनमार्फत हाम्रो अविश्वास रहेको छ । विश्वासको मत दिन सकिदैन । यो कुरा जाहेर गर्दै संसद भित्र जनताको, देशको भावनालाई प्रतिपक्षको बेञ्चबाट हामी सशक्त र सृजनानात्मक तथा रचनात्मक भूमिका निर्वाह गर्ने, सरकारलाई संसदप्रति जवाफदेही बनाउनेलगायतका भूमिका खेलेर संसदमा एउटा बलियो प्रतिपक्षरुपमा संसदीय मूल्य, मान्यता र विधिलाई स्थापित गर्दै अघि बढने आजको संसदीय दलको बैठकको निर्णय हो । यही अनुसार अघि बढन पार्टीका सबै माननीयहरुलाई हामीले भनेका छौं ।’

प्रधानमन्त्री पुष्पकमल दाहालले आज केहीबेरपछि प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यसूचि छ । तर एमालेले विश्वास र भरोसा नभएको भन्दै प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन नसकिने बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);