सरकारले गर्यो पाँच डिआईजीलाई एआईजीमा बढुवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८२, शुक्रबार

सरकारले गर्यो पाँच डिआईजीलाई एआईजीमा बढुवा

काठमाडौं, ६ चैत्र । नेपाल सरकारले पाँच नायब महानिरिक्षक (डिआईजी)हरुलाई अतिरिक्त महानिरिक्षक (एआईजी)मा बढुवा गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले गृहमन्त्रालयको सिफारिसको आधारमा बढुवा गरेको हो ।

डिआईजीहरु बसन्तबहादुर कुँवर,टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआईजीमा बढुवा भएका हुन् । आगामी चैत्र ११ गते प्रहरी महानिरिक्षक धिरजप्रताप सिंह अनिवार्य अवकाशमा जादैछन् । एआईजीमा बढुवा भएका ५ जना मध्ये एक जना प्रहरीको नेतृत्वमा पुग्नेछन् ।

नयाँ प्रहरीमहानिरीक्षक चयन हुनु १५ दिन अघि एआईजीमा बढुवा गर्न गृहमन्त्रालयले सिफारिस गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);