महिलासँगको सम्बन्धका कारण पक्राउ पर्दैछन् डोनाल्ड ट्रम्प ! | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८१, बिहीबार

महिलासँगको सम्बन्धका कारण पक्राउ पर्दैछन् डोनाल्ड ट्रम्प !

एजेन्सी, ५ चैत्र । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफू चाँडै नै पक्राउ पर्न सक्ने संकेत गरेका छन् । उनले आफू मार्च २१ मा पक्राउ पर्न सक्ने भन्दै समर्थकहरुलाई यसको विरोध गर्न समेत आग्रह गरेका छन् ।
उनले भने,‘विरोध गर । हाम्रो देशलाई समर्थन गर्नुहोस् ।’ यद्यपी उनले के आरोप लागेको बारेमा केही खुलाएनन् ।

भारतीय सञ्चार माध्यम भाष्करका अनुसार २०१६ को राष्ट्रपतीय चुनावअघि ट्रम्पको एक पोर्न स्टारसँग अफेयर थियो । उनले अफेयर लुकाउन धेरै पैसा दिएका थिए । यो मुद्दा विगत ५ वर्षदेखि न्यूयोर्कमा अनुसन्धानको क्रममा छ । यस सम्बन्धमा उनी पक्राउ पर्न सक्ने अनुमान गरिएको छ ।

यदि ट्रम्प यस मामिलामा दोषी ठहर भएमा यो पहिलो अमेरिकी पूर्व राष्ट्रपति विरुद्ध ल्याइएको आपराधिक मुद्दा हुनेछ । सरल शब्दमा भन्नुपर्दा, अहिलेसम्म कुनै पनि अमेरिकी राष्ट्रपतिले आपराधिक आरोपको सामना गरेका छैनन्।

सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनका क्रममा ट्रम्पमाथि पनि यौन उत्पीडनको आरोप लागेको थियो । डिसेम्बर २०१७ मा, तीन अलग–अलग महिलाहरूले संयुक्त पत्रकार सम्मेलनमा उनीमाथि यौन दुर्व्यवहारको आरोप लगाएका थिए ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ’ मा एक पोस्ट लेख्दै म्यानहट्टन जिल्ला न्यायाधिवक्ताको कार्यालयबाट आफूलाई पक्राउ गरिने गोप्य सूचना प्राप्त भएको बताए । यद्यपी जिल्ला सरकारी वकिल कार्यालयका प्रवक्ताले यस विषयमा कुनै प्रतिक्रिया दिएनन् । ट्रम्पका वकिलहरूले कानून प्रवर्तनबाट यस बारे कुनै जानकारी प्राप्त नभएको बताउँछन्। ट्रम्पको पोस्ट मिडिया रिपोर्टमा आधारित रहेको पनि बताए ।
डोनाल्ड ट्रम्प २०१७ देखि २०२१ सम्म अमेरिकाको राष्ट्रपति थिए। सन् २०१६ मा राष्ट्रपतिको निर्वाचन भएको थियो । यस क्रममा ट्रम्पमाथि पोर्न स्टार स्टर्मी डेनियलसँग अफेयर रहेको आरोप लागेको थियो र ड्यानियललाई अफेयर लुकाउन पैसा दिइएको थियो ।

यति मात्र होइन, डेनियलले भनेकी थिइन्,‘ट्रम्पका पूर्व वकिल माइकल कोहेनले मलाई सन् २०१६ को चुनावअघि चुपचाप बस्न १ लाख ३० हजार डलर (करिब १ करोड ७ लाख रुपैयाँ) दिएका थिए ।’ तर, ट्रम्पले डेनियलसँगको यौन सम्बन्धको आरोप अस्वीकार गर्दै आएका छन् । यो विषय राजनीतिक रुपमा प्रेरित भएको उनको भनाइ छ । एक टिभी अन्तर्वार्तामा ड्यानियलले ट्रम्पले आफूलाई पहिलो छोरीको रूपमा वर्णन गरे र त्यसपछि उनीसँग सम्बन्ध बनाएको बताएकी थिइन् ।

ट्रम्पकी श्रीमती मेलानियाले छोरालाई जन्म दिएपछि अफेयर सुरु भएको डेनियलले बताउँदै आएकी छिन् । ‘ट्रम्पको छोरा जन्मेको चार महिनापछि हाम्रो सम्बन्ध सुरु भयो। २००६ मा हामी यौन सम्बन्धमा प्रवेश गर्यौं। ट्रम्पले मलाई रियालिटी शोमा पनि कास्ट गर्ने वाचा गरेका थिए ।’–उनले भनिन् ।

ट्रम्पले आफ्ना समर्थकहरूलाई गिरफ्तारीको विरोध गर्न आग्रह गरेका छन् । उनले समर्थकहरुलाई २०२१ मा हुने राष्ट्रपति चुनावको नतिजाको विरोध गर्न पनि आग्रह गरेका थिए । ट्रम्प चुनाव हारे, उनी यसलाई स्वीकार गर्न चाहँदैनन्। यसपछि ६ जनवरी २०२१ मा उनका समर्थकहरूले अमेरिकी संसदमा हमला गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);