नेपाल–युएईको रोचक खेल हेर्न मैदानमा पुगे प्रधानमन्त्री प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपाल–युएईको रोचक खेल हेर्न मैदानमा पुगे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्रिवि क्रिकेट मैदानमा जारी नेपाल–युएईबीचको खेलको अवलोकन गर्न किर्तिपुर पुगेका छन् । खेलाडीहरुलाई उत्साह दिन प्रचण्ड खेलमैदानमा पुगेका हुन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि नेपाली क्रिकेट टोलीलाई सफलताको शुभकामना दिएका छन् ।

आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा घरेलु टोली नेपालले आज युएईको सामना गर्दैछ । पाहुना टोली युएईसँगको खेल आज बिहान साढे ९ बजेबाट कीतिपुरमा शुरु भएको हो ।

२०१९ बाट शुरु विश्वकप लिग टु सिरिजको समेत यो अन्तिम खेल हो । घरेलु टोली नेपाल जित निकाल्दै जिम्बाबेमा आयोजना हुने विश्वकप छनोट खेल्ने योजनामा रहेको छ । यही त्रिकोणत्मक सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले युएईलाई १ सय ७७ रनको कीर्तिमानी जित हाँसिल गरेको थियो । नेपाल आज पनि त्यही लय दोहोर्याउने लक्ष्यमा रहेको छ । नेपालले लिग टू का पछिल्ला ११ खेलमा १० जित हात पारेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);