एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ उनले अमेरिकालाई चेतावनी दिंदै परमाणु बम लञ्च गर्ने स्वीच आफ्नो डेस्कमा रहेको बताएका छन् । नेता उनले नयाँ वर्षका अवसरमा टेलिभिजनमार्फत सम्बोधन गर्दै पूरै अमेरिका उत्तर कोरियाको परमाणु हतियारको दायरामा रहेको बताए । उनले आफ्नो भनाइलाई धम्कीको रुपमा नबुझी वास्तविकताका रुपमा लिन अमेरिकासँग आग्रह गरे ।
नेता उन छिमेकी देश दक्षिण कोरियाप्रति नरम देखिएका छन् । उनले सोल विन्टर ओलम्पिकमा उत्तर कोरियाले टिम पठाउन सक्ने बताए । उत्तर कोरियाले थुप्रै प्रतिबन्धका बाबजुद् परमाणु परीक्षण गरिरहेको छ ।