नेपालको औपचारिक पोशाक घोषणा गर्न राप्रपाकाे माग | ईमाउण्टेन समाचार

Our Network

पुष २६ २०८१, शुक्रबार

नेपालको औपचारिक पोशाक घोषणा गर्न राप्रपाकाे माग

काठमाडौँ, १७ पुस । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)ले नेपालको औपचारिक पोशाक घोषणा गर्न सरकारसँग माग गरेको छ । पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपालको पहिचान झल्कने खालको पोशाकलाई औपचारिक पोशाकको रुपमा घोषणा गर्न सरकारसँग माग गरेका छन् ।

५ औं राष्ट्रिय पोशाक दिवसको अवसर पारेर सोमबार काठमाडाैँमा आयोजित कार्यक्रममा बोल्दै उनले विभिन्न भाषा र समुदायका मानिसहरुले लगाउँदै आएको पहिरनलाई राष्ट्रिय पोशाकको मान्यता दिन पनि सरकारसँग आग्रह गरे । दौरा, सुरुवाल, कोट र टोपीलाई मात्रै राष्ट्रिय पोशाकको मान्यता दिँदा सबै समुदायमाथि न्याय नहुने उनको तर्क छ । अध्यक्ष लोहनीले राष्ट्रिय पोशाकबारे सरकारले निर्णय लिँदा खुला दिलका साथ छलफल चलाउनुपर्ने आवश्यक्ता औल्याए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);