पृथ्वी शाहसहित ६ जना पुर्पक्षका लागि जेल चलान | ईमाउण्टेन समाचार

Our Network

जेठ २५ २०८१, शुक्रबार

पृथ्वी शाहसहित ६ जना पुर्पक्षका लागि जेल चलान

काठमाडौं, ३० फागुन । ठगीको आरोपमा जेल चलान भएका पृथ्वीबहादुर शाह सहित ६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।  जिल्ला अदालत काठमाडौंले शाहसहित ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

पक्राउ परेकी मध्ये भक्तपुरकी विनिता तामाङलाई भने ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआईवी)ले जनाएको छ । आदेशपछि शाहसहित विजयविक्रम शाह, अनुप खड्का, चक्रबहादुर खत्री, रुक्मागंग काफ्ले र रंगबहादुर साउद कारागार चलान भएका छन् ।

अमेरिकी नागरिकहरु ठगिएको उजुरी नेपालस्थित अमेरिकी राजदुतावासलेनै जानकारी गराएपछि शाहसहितका ७ जनालाई पक्राउ गरी अनुसन्धान थालेको थियो । अनुसन्धानमा उनीहरुले ठगीबाट आर्जन गरेको सम्पत्ति घर, जग्गालगायतको कारोबारमा लगानी गरेको खुलेको थियो । सो घटनामा संलग्न पृथ्वीसहित ७ जना पक्राउ परेका छन भने अन्य १३ जना फरार रहेका छन । घटनामा संलग्न सबैलाई पीडितलाई क्षतिपूर्ति दिलाई ७ वर्ष कैंद र ७० हजार जरिवाना हुने कानुनी व्यवस्था गरेको गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले ठगीबाट आर्जित रकम ३८ करोड, ८६ लाख ६२ हजार १३६ रुपैयाँ रहेको खुल्न आएको छ । उनीहरुविरुद्ध हालसम्म २४ जना पीडितले नेपालस्थित अमेरिकी दुतावासमार्फत् उजुरी दिएका हुुन । केही क्यानाडियन र बेलायती नागरिकहरु पनि उनीहरुबाट पीडित भएको खुल्न आएको र अनुसन्धानको कामलाई सुरु गरिएको पनि प्रहरीले जनाएको छ । उनीहरुले अमेरिकी नागरिकसँग अमेजनको विल भुक्तानी, एन्टी भाइरस अपडेटलगायतका विभिन्न निहुँमा सो रकम ठगी गर्ने गरेका थिए ।

शाहको समूहले ठगी गरी नेपाल ल्याएको रकम मध्ये १ करोड २८ लाख ९३ हजार ८५ रुपैयाँ बैंकहरुले रोक्का गरिदिएको पनि सिआईवीको अनुसन्धानमा उल्लेख गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);