काठमाडौं, ३० फागुन । चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध देशव्यापी अभियान चलाउने भएको छ । पार्टीको फागुन २७–२८ गतेसम्म बसेको राष्ट्रिय परिषदको बैठकले चैत्र १० गतेदेखि १५ गतेसम्म देशव्यापी आन्दोलन चलाउने निर्णय गरेको हो ।
अभियानअन्तर्गत सभा, कोणसभाहरु गरिने भएको छ । अभियानले चैत्र २४ गते जनआन्दोलन दिवसको उपलक्ष्यमा देशव्यापी रुपमा गणतन्त्रको रक्षा गरौं, प्रतिगमनका विरुद्ध संघर्ष गरौं भन्ने मुल नारा अन्तर्गत सभाका कार्यक्रमहरु गरिने छ ।
जनमोर्चाले अभियान अन्तर्गत २०८० साल बैशाख र जेठ महिनामा देशव्यापी रूपमा जिल्ला सम्मेलन तथा भेला, असोज महिनामा देशव्यापी रूपमा एक महिने सदस्यता वितरण अभियान सञ्चालन गर्ने भएको छ ।
राष्ट्रियताको सवालमा कांग्रेस, माओवादी, मधेसवादी तथा एमाले विपक्षमा रहेका तर एमाले राष्ट्रियताका साथै गणतन्त्रका विरुद्ध पनि रहेको जनमोर्चाले निष्कर्ष छ ।