स्ववियु निर्वाचन : रंगरोगन र पोस्टर टाँस्न नपाइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

स्ववियु निर्वाचन : रंगरोगन र पोस्टर टाँस्न नपाइने

काठमाडौं, ३० फागुन । मिश्रित प्रणाली अनुसार त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा आगामी चैत्र ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुँदैछ । निर्वाचनका लागि हिजो उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गरिएको छ।

सोमबार अन्तिम नामावली प्रकाशन भएसँगै अब उम्मेदवार प्रचारप्रसार गर्न पाउनेछन्। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका अनुसार उम्मेदवारले सोमबारदेखि चैत २ गते राती १२ बजेसम्म प्रचारप्रसार गर्न पाउनेछन् ।

स्ववियु निर्वाचनमा आचारसंहिता अनुसार विद्यार्थीहरुले प्रचारप्रसार गर्नका लागि रङ्गरोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाउने उल्लेख छ। त्यस्तै, निर्वाचनसम्बन्धी कुनै पनि तुल, फ्लेक्स र कुनै प्रकारको पोस्टर टाँस्न नपाउने भएका छन् ।

स्ववियु निर्वाचन आठ क्याम्पसमा भर्ना विवादका कारणले अबरुद्ध भएका छन्। अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन्।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);