पौडेललाई मुर्मूको बधाई तथा शुभकामना | ईमाउण्टेन समाचार

Our Network

जेठ ३१ २०८३, सोमबार

पौडेललाई मुर्मूको बधाई तथा शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले बधाई तथा शुभकामना दिनुभएको छ ।

सोमबार शीतल निवासमा शपथ लिएर पदभार ग्रहण गरेपछि दक्षिणी छिमेकीको तर्फबाट पौडेललाई पहिलो बधाई आएको हो । नेपालको नयाँ राष्ट्रपतिकाके रूपमा तपाईं चुनिनु भएकोमा भारतका जनता र सरकार तथा मेरोतर्फबाट पनि बधाई’ शुभकामना सन्देशमा भनिएको छ राष्ट्रपति मुर्मूले निकट र मैत्रीपूर्ण सम्बन्ध रहेका छिमेकीका रुपमा भारत र नेपालले सौहार्दपूर्ण तथा बहुआयामिक सम्बन्ध राख्दै भन्दै गहिरो सभ्यता, सांस्कृतिक र जनता–जनताबीचको सम्बन्धका विशेषता पनि रहेको उहाँको भनाइ छ ।

उहाँले पछिल्ला केही वर्षदेखि नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण प्रगति भएको पनि उल्लेख गर्नुभएको छ । राष्ट्रपति मुर्मुले द्विपक्षीय साझेदारीलाई बढाउन र मजबुत बनाउन मिलेर काम गर्ने अपेक्षा राखेको उहाँको बुधाइ सन्देशमा उल्लेख छ ।

Leave a Reply

ताजा समाचार