अनलाईन मार्फत ठगी गरेको अभियोगमा एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

अनलाईन मार्फत ठगी गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं  । अनलाईन मार्फत १५ लाख २० हजार रूपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-१ की ३६ वर्षीया अन्जली बिसुन्केलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले पीडितलाई सामाजिक संजाल टिकटकमार्फत साथी बनाई आफूलाई ईंगल्याण्डको नागरिक बताएको र नेपाल आएश्चात विवाह गरी ईंगल्याण्ड लैजाने प्रलोभन देखाउनुका साथै जुत्ता, ब्याग, आइफोन, सुनका गरगहनाहरू र ७० हजार अमेरिकी डलर समेतको गिफ्ट पठाई दिने र यसका लागि कुरियरले सम्पर्क गर्छ भनी फोटो भिडियो समेत पठाएर पीडितलाई बिश्वास दिलाए पश्चात कुरियर कार्यालयबाट पार्सल पाउनको लागि Anti-money laundering certificate, डेलिभरी चार्ज, भन्सार शुल्क, ईन्सुरेन्स चार्ज, क्लिरियन्स चार्ज जस्ता प्रयोजनमा रकम तिर्नुपर्छ भनी पीडितलाई विभिन्न ब्यक्तिको नाममा रहेको बैंक खातामा पटक-पटक गरी उक्त रकम पठाउन लगाई ठगी गरेको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनीलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);