काठमाडौं । नेपाली युवा स्पिनर ललितनारायण राजवंशीले प्रशिक्षकको रणनीति अनुसार खेल्न पाउँदा आपूm खुशी रहेको बताएका छन् ।
सोमबार नेपालले पीएनजीमाथि फराकिलो जित निकालेपछि राजवंशीले यस्तो बताएका हुन् ।
सन्दीप सम्मिलित टोलीमा दुई स्पिनरबीच अट्याकीङ र रन रोक्ने रणनीतिमा तालमेल बनाउँदा जितमा सहज भएको उनले बताए ।
लिग–२ अन्तर्गत अब नेपालले अन्तिम खेल युएईसँग बिहीवार खेल्नेछ । त्यसअघि बुधवार युएई र पिएनजीबीच खेल हुने तालिका छ ।