बलिङमा सन्दीप चम्किदा नेपालले पपुवा न्युगिनीलाई ९५ रनमै समेट्यो | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

बलिङमा सन्दीप चम्किदा नेपालले पपुवा न्युगिनीलाई ९५ रनमै समेट्यो

काठमाडौं, २९ फागुन । आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पपुवा न्युगिनीविरुद्धको महत्वपूर्ण खेलमा सानदार प्रदर्शन गरेको छ । पहिला बलिङ गरेको नेपालले पपुवा न्युगिनीलाई ९५ रनमै अलआउट गरिदियो ।

आजको खेलमा नेपालका स्टार बलर सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिए । उनले १० ओभर बलिङ गरेर २५ रन खर्चेर पाँच विकेट लिएका हुन् । ललित राजवंशीले २, कुशल मल्लले २ र सोमपाल कामीले १ विकेट लिए ।

खेल जित्न नेपालले पपुवा न्युगिनीविरुद्ध ९६ रन बनाउनुपर्ने हुन्छ । आजको खेल जितेमा नेपाल चौंथो स्थानमा कायमै रहन्छ । नेपालले युएईविरुद्ध अन्तिम खेल पनि जितेमा तेस्रो स्थानमा रहेर विश्वकप छनोटको सम्भावना रहन्छ ।-File Photo

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);