आईसिसी विश्वकप लिग–२ः पिएनजीको पहिलो जित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

आईसिसी विश्वकप लिग–२ः पिएनजीको पहिलो जित

काठमाडौं । आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृंखलाको आफ्नो दोस्रो खेलबाट पपुवान्युगिनी (पिएनजी) ले पहिलो जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा शुक्रवार सम्पन्न खेलमा पिएनजीले संयुक्त अरब इमिरेट्स (युएई) लाई ५६ रनले पराजित गर्दै पहिलो जित निकालेको हो । ३३ खेल मध्येबाट १६ औं हार भोगेको युएईको लिग–२ मा रहेर सिधै विश्वकप छनोट हुने सम्भावना औपचारिक रुपमा सकिएको छ । अब युएईलाई विश्वकप छनोटका लागि छनोट प्लेअफ खेल्नुपर्नेछ । साथै युएईले एकदिवसीय मान्यता जोगाउन बाँकी रहेका सबै ३ खेल जित्नुपर्ने दबाब पनि भएको छ ।

पिएनजीले पूरै ५० ओभरमा नौ विकेट गुमाउँदै दिएको २ सय ४७ रनको लक्ष्य भेटाउने क्रममा युएईले ४२.२ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ९० रन जोड्नसक्यो । युएईका लागि आर्यान लाक्राले ५१ रनको अर्धशतकीय ईनिङ खेलेपनि जितका लागि पर्याप्त भएन । ओपनर तथा कप्तान मुहम्मद वासिमले ४१ रन बनाउँदा जावर फरिद र सीपी रिजवानले समान १९÷१९ रन बनाए । यस्तै आसिफ खान र रोहन मुस्ताफाले समान ११÷११ रन पारी खेलेका थिए । कसिलो बलिङ गरेको पिएनजीका लागि राईली हिकुरेले ३ तथा असद भाला र कबुवा मोरियाले समान २र२ विकेट लिए । सिमो कमिया र नर्मन भानुवाले समान १÷१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पिएनजीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ४६ रनको योगफल तयार पारेको थियो । लिग तालिकाको पुछारमा रहेको पिएनजीका लागि सेसे बाउले १ सय ६ बलमा १० चौकका मद्दतमा अविजित ८१ रनको पारी खेलेका थिए । यसैगरी हिरी हिरीले ८५ बलमा ५ चौका र ४ छक्काको मद्दतमा ७७, किप्लिन डोरिगाले ४४ बलमा ८ चौका र २ छक्का मद्दतमा ५५ तथा चाड सोपार र नोर्मन भानुआले समान १० रन जोडेका थिए । २ सय ४६ रनको योगफल तयार पार्ने क्रममा दोस्रो विकेटका लागि सेसे बाउ र हिरीले १ सय १२ तथा पहिलो विकेटका लागि हिरी र डोरिगताले ७२ रनको साझेदारी गरेका थिए । युएईका लागि आयन अफ्जल खानले ३ विकेट हात पार्दा जुनैद सिद्धीकी र जाहुर खानले समान २÷२ तथा रोहन मुस्ताफा र कार्तिक मैयप्पनले समान १÷१ विकेट निकाले ।

यससँगै पिएनजीले युएईविरुद्ध जितको लयलाई शुक्रवार पनि निरन्तरता दिएको छ । हालै मात्र युएई भ्रमणमा पपुवा न्युगिनीले दुवै खेलमा युएईलाई हराएको थियो । युएईबिरुद्ध दुवै खेलमा पपुवान्युनिगी पूर्ण रुपमा हाबी भएको थियो भने नेपाल सँगका दुबै खेल गुमाउन पुगेको थियो । यस्तै नेपालमा जारी श्रृंखलामा भने पिएजनीले दोस्रो खेलबाट पहिलो जित निकालेको छ । यस अघिको पहिलो खेलमा नेपालसँग ५२ रनले पराजित भएको थियो । पिएनजी ३४ खेलमा ११ अंकका साथ सातौं स्थानमा छ । लिगमा आईतवार नेपाल र युएईबीच खेल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);