प्रधानमन्त्री दाहाल विरुद्धको मुद्दामा सुनुवाइ सकियो | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८१, आइतबार

प्रधानमन्त्री दाहाल विरुद्धको मुद्दामा सुनुवाइ सकियो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिटमा आजका लागि सुनुवाइ सकिएको छ । सुनुवाइ सकिए पनि आदेश आउन भने बाँकी छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा परेको रिटमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी लगायतले बहस गरेका थिए ।

प्रधानमन्त्री दाहालमाथि व्यक्तिहत्यामा पक्राउको कारबाही चलाउन अदालतले आदेश दिनुपर्ने उनीहरुको माग छ ।

गत फागुन १९ गते ज्ञानेन्द्रराज आरणसमेत आठजना र चिरञ्जीवी बास गिरीसमेत १६ जना द्वन्द्वपीडितले सर्वोच्च अदालतमा प्रधानमन्त्री दाहालविरुद्ध रिट दर्ता गरेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);