काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा परेको रिटमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी लगायतले बहस गरेका थिए ।
प्रधानमन्त्री दाहालमाथि व्यक्तिहत्यामा पक्राउको कारबाही चलाउन अदालतले आदेश दिनुपर्ने उनीहरुको माग थियो ।
गत फागुन १९ गते ज्ञानेन्द्रराज आरणसमेत आठजना र चिरञ्जीवी बास गिरीसमेत १६ जना द्वन्द्वपीडितले सर्वोच्च अदालतमा प्रधानमन्त्री दाहालविरुद्ध रिट दर्ता गरेका हुन् ।
सर्वोच्चले प्रधानमन्त्री प्रचण्डमाथि कारण देखाउ आदेश जारी गरेको छ ।




