काठमाडौं, १६ पुस । निर्वाचन आयोगले राष्ट्रियसभाको निर्वाचन सम्पन्न नभई प्रतिनिधिसभा समानुपातिकतर्फको परिणाम सार्वजनिक गर्न नमिल्ने स्पष्ट पारेको छ ।
आज काठमाडौंमा भएको कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले राष्ट्रियसभाको निर्वाचन सम्पन्न नभई प्रतिनिधिसभा समानुपातिकतर्फकोको परिणाम सार्वजनिक गर्न संविधान, निर्वाचन ऐन अनुसार नमिल्ने बताए।
बाम गठबन्धनले प्रतिनिधिसभा समानुपातिकतर्फको निर्वाचन परिणाम तत्काल सार्वजनिक गर्न दबाब दिईरहेका बेला आयोगले राष्ट्रियसभाको निर्वाचनपछि मात्र परिणाम सार्वजनिक गर्ने प्रतिक्रिया दिएको हो । प्रमुख निर्वाचन आयुक्त यादवले राष्ट्रिय सभाको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई आग्रह गरे । आयुक्त यादवले प्रदेशसभाका सदस्यहरु पनि राष्ट्रिय सभा निर्वाचनको मतदाता भएकाले उनीहरुलाई सपथको व्यवस्था गर्न प्रदेश प्रमुख नियुक्तीमा ढिलाई नगर्न आग्रह गरेका छन ।