काठमाडौं, १६ पुस । माओवादी केन्द्रसँगको पार्टी एकतामा ढिलाई गर्ननहुने एमाले नेता माधवकुमार नेपालको भनाइ छ । उनले निर्वाचन परिणाम सार्वजनिक गर्न ढिलाइ गरेकोमा निर्वाचन आयोगप्रति असन्तुष्टि व्यक्त गरेका छन ।
आइतबार राजधानीमा आयोजित कार्यक्रममा नेता नेपालले सरकार गठनमा केही ढिलाइ हुने देखिए पनि पार्टी एकता प्रक्रियालाई तिब्रता दिनुपर्ने बताएका छन । उनले दुई पार्टीबीचको विचारमा एकरुपता ल्याउन विचारधारात्मक कार्यदल र संगठनमा एकरुपता ल्याउन संगठनात्मक कार्यदल बनाएर तत्काल काम सुरु गर्नुपर्नेमा जोड दिएका छन ।
नेता नेपालले निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको नतिजा सार्वजनिक गर्न ढिलाई गरेकोमा असन्तुष्टि व्यक्त गरेका छन । जनादेश अनुसार सरकार गठनमा ढिलाई गर्ने छुट कसैलाई नभएको उनको भनाइ छ ।