काठमाडौं, २५ फागुन । राष्ट्रपतिका लागि मतदान गरेर फर्कदै गर्दा एक सांसद घाइते भएका छन् ।
नेकपा एकीकृत समाजवादीका मधेस प्रदेश संसदीय दलको नेतासमेत रहेका सांसद गोविन्द न्यौपाने गेट बाहिर लडेर घाइते भएका हुन् ।
उनको टाउकोमा चोट लागेको छ । न्यौपानेलाई उपचारको लागि अस्पताल पुर्याइएको जनाइएको छ ।