इजरायलमा दोस्रो चरणमा पाँच सय नेपालीले रोजगारी पाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

इजरायलमा दोस्रो चरणमा पाँच सय नेपालीले रोजगारी पाउने

काठमाडौँ, २५ फागुन । इजरायल सरकारले दोस्रो चरणमा पाँच सय जना नेपालीलाई रोजगारी दिने भएको छ । दोस्रो चरणमा केयर गिभरमा ५ सय जनालाई मात्रै रोजगारी दिने कोटा इजरायलले पठाएको हो ।
पहिलो चरणमा इजरायल गएकाबाहेक दोस्रो चरणमा एक हजार केयर गिभर लैजान नेपाल सरकारले इजरायली पक्षलाई निवेदन दिएकोे थियो ।

नेपालले यसअघि छनोटमा नपरेकालाई समेत लैजान गरेको अनुरोध गरेकामा इजरायल पक्षले अस्वीकार गर्दै आएको वैदेशिक रोजगार विभागले जनाएको छ । पहिलो चरणमा छनोट हुन नसकेका युवाले सुरुबाट नै नयाँ प्रक्रिया पूरा गरेर आवेदन दिनुपर्नेछ । इजरायलमा केयर गिभरको सहायक श्रमिकमा जाने नेपालीले मासिक १ हजार छ सय अमेरिकी डलर पारिश्रमिक पाउँदै आएका छन् ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);