काठमाडौं, २५ फागुन । पेटभित्र रक्सीको बोतल पसेको बिरामीको सफल शल्यक्रिया भएको छ । पुरानो मेडिकल कलेज भरतपुरमा युवकको पेटभित्र पसेको रक्सीको बोतल बाहिर निकालिएको हो ।
रौतहटको गुजरा नगरपालिका–९ अमतबा टोलका २६ वर्षीय युवकको मलद्धारबाट रक्सीको बोतल पेटमा छिरेको थियो ।
भरतपुरको कलेजका कन्सल्टेन्ट ल्याप्रोस्कोपिक तथा जीआई सर्जन डा.नारायणप्रसाद बेल्बासेको नेतृत्वको टोलीले सफल शल्यक्रिया गरेको हो । अस्पतालको अनुसार युवकको पेट चिरेर हेर्दा ठुलो आन्द्रा फुटेर बोतल बाहिर निस्केको अवस्थामा भेटिएको हो । शल्यक्रियापछि युवकको अवस्था राम्रो भएको छ । उनको होस आएको छ । युवकले जानीजानी बोतल भित्र पसाएको चिकित्सकहरुको अनुमान छ ।
डा.बेल्बासे नेतृत्वको डा.सागर खतिवडा, डा. विनय तिमल्सिना, सुशील भुजेल, राजेश यादव, असिम, मोनालिसाको टिमले साढे दुई घन्टा लगाएर शल्यक्रिया गरी बोतल निकालेको थियो। बिरामीको अवस्था जटिल भए पनि मलद्वारको मुख्य भाग ८० प्रतिशत सुरक्षित भएकाले अवस्था सामान्य हुने चिकित्सकको भनाइ छ ।