काठमाडौं, २४ फागुन । नेकपा एमालेका नेता गोकुल बास्कोटाले अबका चुनावमा ३३% महिला सीटमा प्रत्यक्ष चुनावमा सहभागिता गराउनुपर्ने धारणा राख्नुभएको छ । ११३औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना दिँदै महिला हिंसा बन्द गर्न सबै संवेदनशील बन्नुपर्नेमा उहाँले जोड दिनुभएको हो ।
प्रतिनिधि सभा सदस्य बास्कोटाले गतवर्षको स्थानीय चुनावमा नेपाली कांगेस–नेकपा माओवादी गठवन्धनले झन्डै सवा सय पलिकामा महिलालाई उमेदवार बन्न बन्चित गरेको भन्दै आगामी चुनावमा त्यसो नगर्न पनि आग्रह गर्नुभएको छ ।
उहाँले लख्नुभएको छ,‘११३औं नारी दिवसको हार्दिक शुभकामना ! गतवर्षको स्थानीय चुनावमा कांगेस माओवादी गठवन्धनले झन्डै सवा सय पलिकामा महिलालाई उमेदवार बन्न बन्चित गरेकोमा बधाई र यस वर्ष उपरास्ट्रपतिमा त्यस्तै गरुन।अबका चुनावमा ३३% महिला सीटमा प्रत्यक्ष चुनाव गर्न र महिला हिंसा बन्द गर्न सबै संवेदनशील बनौं।’