द्वन्द्वकालीन मुद्दा सत्यनिरुपण आयोगबाट हल गर्न सबै गम्भीर बन्नुपर्छ : बाबुराम भट्टराई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

द्वन्द्वकालीन मुद्दा सत्यनिरुपण आयोगबाट हल गर्न सबै गम्भीर बन्नुपर्छ : बाबुराम भट्टराई

काठमाडौं, २४ फागुन । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले द्वन्द्वकालीन मुद्दा सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत हल गर्नुपर्ने धारणा राखेका छन् । सामाजिक सञ्जालमार्फत नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका भट्टराईले द्वन्द्वकालीन मुद्दा गिजोल्ने नभएर आयोगमार्फत हल गर्नुपर्ने बताएका हुन् ।

आयोगमार्फत यस विषयलाई छिटो हल गर्न सबै पक्ष गम्भीर बन्नु पर्ने उनको भनाइ छ । ‘द्वन्द्वकालीन मुद्दा गिजोल्ने हैन सत्यनिरूपण तथा मेलमिलाप आयोगमार्फत छिटो हल गर्न सबै पक्ष गम्भीर बनौं ।’– उनले लेखेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा पीडितहरुले मुद्दा दायर गरेपछि माओवादी धारका ८ दलले संयुक्त विज्ञप्ति निकाल्दै मुद्दा दायर गरिनु षड्यन्त्र भएको दाबी गरेका थिए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);