चेपाङ छात्रबास आर्थिक अभावको चपेटामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

चेपाङ छात्रबास आर्थिक अभावको चपेटामा

20197

काठमाडौं, १६ पुस। चितवनको शक्तिखोरमा रहेको चेपाङ छात्रबास आर्थिक अभावको चपेटामा, १२ जना छात्रासहित ३८ जना चेपाङ विद्यार्थी बस्ने छात्रवास सञ्चालन गर्न वार्षिक करिब दुई लाख रुपैयाँ अपुग भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष

चेपाङ विद्यार्थीलाई शिक्षा प्रदान गर्दै आएको साविकको शक्तिखोरमा रहेको चेपाङ छात्रबास आर्थिक अभावको चपेटामा परेको छ । आर्थिक अभाव हुँदा छात्रवासमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिक गतिविधिमा समस्या परेको चेपाङ छात्रवास व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर प्रजाले बताउनुभयो ।
२०५७ सालमा जिल्ला विकास समिति चितवनको पहलमा स्थापना भएको छात्रवासमा चितवनका पहाडी क्षेत्रका चेपाङ विद्यार्थी पढ्दै आएका छन् । चेपाङ विद्यार्थीलाई माध्यमिक शिक्षा प्रदान गराउने उद्देश्यले कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने चेपाङ बालबालिकालाई उक्त छात्रवासमा राख्ने गरिएको छ ।
चेपाङ विकास कार्यक्रमअन्तर्गत आउने वार्षिक साढे नौ लाख रुपैयाँले चेपाङ विद्यार्थीको शैक्षिक अवस्था सुधार गर्न समस्या परेको अध्यक्ष प्रजाको भनाइ छ ।

१२ जना छात्रासहित ३८ जना चेपाङ विद्यार्थी बस्ने छात्रवास सञ्चालन गर्न वार्षिक करिब दुई लाख रुपैयाँ अपुग भएको अध्यक्ष प्रजाले बताउनुभयो । चेपाङ छात्रबासबाट हालसम्म साढे दुई सयजतिले एसएलसी उत्तीर्ण गरिसकेको विद्यालयका सहायक प्रधानाध्यापक पूर्णबहादुर पुरीले बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);