रंगी विरंगी फूलहरुले सजियो शहर ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

भदौ ११ २०८१, मंगलबार

रंगी विरंगी फूलहरुले सजियो शहर ( भिडियो रिपोर्ट )

विद्या तामाङ \ माउन्टेन टेलिभिजन एचडी।

काठमाडौँ, फाल्गुन २३ । वसन्त ऋतु, शिशिर र गृष्म ऋतुको बिचमा आउने तथा ६ वटा ऋतुहरूमा मनमोहक ऋतु हो । वसन्त ऋतुमा सबै बोटबिरुवाहरुमा नयाँ पालुवा पलाउने गदर्छ । वसन्त ऋतुको आगमनसगैँ २४ घण्टा व्यस्त रहने काठमाडौंका सडकका दुवै पेटीमा अहिले रोपिएका अरु प्रजातिका प्रुनस बोटमा फूल फुल्न थालेसँगै नगरको सौन्दर्यता थप बढाएको छ । वसन्त ऋतुको आगमनले नयाँ पालुवा पलाउने र जताततै हरियालीका तथा फूलहरु फुलेका देखिने गरेको छ । सडकमा अरु बेला धुलाम्मे भएपनि बसन्त ऋतुुमा भने ढक्कमक्क फुलेका फुलले थप आर्कषित बनाएको छ । यसले थप काठमाँडौको सौन्दर्य पनि झल्काएको छ ।

वातावरणीय हिसाबले पनि बोटविरुवा मानिसका लागि अक्सिजन प्रदान गर्ने काम गर्दछ। अहिले सडक छेउ, पार्क लगायतमा फुलु फुलेका ठाउँमा टिकटक, फोटो खिच्नेहरु देख्न सकिन्छ । फुल भन्ने वित्तिकै प्राकृतिक रुपमा मान्छेको मनै लोभाउने भएकाले पनि बसन्त ऋतृले थप सौन्दर्यतासगैँ आर्कषित बनाउने प्रकृतिप्रेमीहरु बताउँछन् ।

अहिले काठमाडौंको नक्साल ,भुकुटीमण्डप ,लाजिम्पाट, बानेश्वर , लगायतका सडकको दायाँबायाँ प्राकृतिक रुपमा नै रहेका रातो प्रँजातिका प्रुनस प्रसिका , सेतो र रातो मिसिएका प्रुनस सेरोसाइड पैँयु , प्रजातिका फुलहरु फुलिरहेको देख्न सकिन्छ । यसले महानगरेको थप सौन्दर्य त बढाएको छ नै सफा शहरको परिकल्पनामा क्षणिक अभाव पनि मेटाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);